विराटनगर।२०८२ साल पुस ९, काठमाडौं, सर्वनाम थिएटरमा  ममता मृदुलसँग लघुकथा श्रृङ्खलाको पाँचौँ अध्यायअन्तर्गत प्रमुख साहित्यिक व्यक्तित्व अशेष मल्लका लघुकथामाथि केन्द्रित बहस कार्यक्रममा इनरुवाका द्वारिका प्रसाद पोखरेललाई ‘असल दर्शक’ सम्मान प्रदान गरिएको छ।

कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ममता मृदुलले गरेकि  थिइन्।संयोजन रमेन्द्र कोइरालाले गरे। नारी श्रष्टा समाजको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाको सहभागी थिए।

लघुकथाकार अशेष मल्लका लघुकथाहरू वाचन गर्नेहरूमा रोशन पराजुली, ध्रुबराज थापा ‘पुरुष’, धनवन्तरी मिश्र, विनोद नेपाल, ललिता दोषी, गोम विक्रम, रामकुमार पण्डित, रञ्जु खनाल, मन्दिरा मञ्जुश्री, सुषमा चित्रकार, निशा केसी, सेसेमी लिम्बु लगायतको उपस्थित थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्राडा. सावित्री कक्षापति, भागरथी श्रेष्ठ, इन्द्ररत्न बज्राचार्य र विधान आचार्यको रहेको थियो। त्यस्तै अतिथिहरूमा प्राडा. सावित्री कक्षापति, पी.पी. कोइराला, टीका मिलन, प्रिन्स प्रमोद ढकाल, एन्जेल निलु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकार राज शाहको नेतृत्वमा अशेष मल्लको लघुकथा ‘मान्छे’ र ‘कालो कागज’ मा आधारित नाटक मञ्चन गरिएको थियो। कार्यक्रममा पत्रकार दीपा चौधरीको समेत उपस्थिति रहेको थियो।

Messenger_creation_29C7BABA-F984-42BB-954E-6280B83958E0