विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नोमनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारूबीच सरकारी गाडी प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। उक्त विवाद बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि सार्वजनिक सडकमै झगडामा परिणत भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद क्रमशः चर्किँदै जाँदा निर्वाचित जनप्रतिनिधिबीच हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो। सार्वजनिक स्थानमै भएको यस घटनाले त्यहाँ उपस्थित स्थानीयवासी तथा सर्वसाधारणको ध्यान तानेको हो।
घटनापछि केही समयका लागि उक्त क्षेत्र तनावग्रस्त बनेको हो। स्थानीयले जनप्रतिनिधिहरूबाट अपेक्षित मर्यादित व्यवहार नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।




















