विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित विराट ट्रेड एक्स्पोको आज उद्घाटन भएको छ।उद्धाटन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट ट्रेड एक्स्पो केवल प्रदर्शनी मात्र नभई अर्थतन्त्रलाई चलायमान बनाउने अभियान भएको बताए।

उनले विराटनगर नेपालको औद्योगिक इतिहासको केन्द्र भएको उल्लेख गर्दै निजी क्षेत्र, स्थानीय सरकार र उपभोक्ताबीचको सहकार्यले आर्थिक गतिविधि तीव्र हुने विश्वास व्यक्त गरे।

किमाथांका सडक निर्माणपछि विराटनगर भारत–चीन जोड्ने प्रमुख व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको भन्दै उनले उद्योग र व्यापार प्रवर्द्धनमा महानगरपालिकाको निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन्।