विराटनगर।कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरि यस क्षेत्रमा आर्थिक चलायमान बनाउँन विराटनगरमा आयोजना गरिने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पुण भएको छ।

मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १७ गतेसम्म आयोजना गर्ने अन्तराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादनको विराट ट्रेड एक्स्पोकोे आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादन वृद्धि हुनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए।

एक्स्पो विराटनगर–१ पोखरियामा आयोजना हुने र २० करोडको व्यापार हुने अनुमान रहेको संघका अध्यक्ष अनुपम राठीले जनाएका छन्।

एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुसार एक्स्पोमा तीन बटा हेङगर सहित २०० वटा स्टलहरु रहने र सबै वुक भैसकेको छन् । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताएका छन्।