विराटनगर।मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हामफालेका थिए।गम्भीर घाइते भएका इन्टर्नलाई उपचारका लागि नोबेलकै इमर्जेन्सीमा राखिएको थियो। 


टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरे।

घटनाको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा  टोली घटनास्थलमा पुगेका थियो।


उनी किन हामफाले भन्ने बारे खुल्न सकेको छैन,उनि अनुसन्धानबाट मृतक सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरीका  ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार अमित यादव सोही नोबेल मेडिकल कलेजमा १०औँ ब्याच एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए।