विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको ४५औँ नियमित मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा रहेको कार्यक्रमका प्रमुख अतिथि बलराम पोखरेल रहेका थिए, विशिष्ट अतिथि प्राज्ञ विवश पोखरेल,भने अन्य अतिथिहरूमा साहित्य संगम अभियानका अध्यक्ष मधु पोखरेल, सरला चापागाईं रहेका थिए।

हरेक महिनाको पहिलो शनिबार हुँदै आएको उक्त कार्यक्रममा

साहित्य हौसला पुरस्कारका संस्थापक अच्युतप्रसाद खतिवडालाई सम्मान गरिएको थियो।नानू मैयाँ दाहालले उपस्थित स्रष्टालाई स्वागत गर्दै आफ्नो रचना सुनाएकी थिइन्।त्यस्तै  रचना वाचन कार्यक्रममा बाबुराम पोखरेल, ऋषि तिवारी, शान्ता कण, रोमु अधिकारी, खेमराज आचार्य, मेघनाथ रिजाल, अम्बिका खरेल, निर्मला कोइराला, नवराज नवशिला, निकिशा रानी, रामबाबु दाहाल, गोपाल निर्भीक, डोमि कामत, रोहिणी रसिक, शारदा भट्टराई, चिरञ्जीवी काफ्ले, केशु विरहीलगायत स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।

स्रष्टाहरूको प्रोत्साहनका लागि चिट्ठा प्रणालीमार्फत एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो। कार्यक्रममा उमेश लुइँटेल र चन्द्रकान्त भट्टराईलाई साहित्य हौसला पुरस्कार समर्पण गरिएको थियो।कार्यक्रमको उद्घोष लक्ष्मि रायमाझीको रहेको थियो।


20251220_15443120251220_154533

Messenger_creation_1BD816CC-B3F4-4766-AAEC-AD4587A15EED