विराटनगर।इनरुवा, आज २०८२ साल पुस ५ गते शनिबार साहित्यिक संस्था सिर्जनामा इनरुवाको ४५औँ श्रृङ्खला सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाकी उपाध्यक्ष राधा सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा समालोचक भवानीप्रसाद पोखरेल उपस्थित थिए।


कार्यक्रमको उद्घोषण रमेन्द्र कोइरालाले गरे।भने स्वागत मन्तव्य विष्णु दाहालले व्यक्त गरे।कार्यक्रममा विभिन्न विधाका साहित्यिक रचनाहरू प्रस्तुत गरिएको थियो।


उक्त कार्यक्रममा द्वारिका पोखरेल, कान्ता भट्टराई, अनुस दाहाल, प्रकाश अनुराग, जयकृष्ण यादव, गौरव यादव, सक्षम यादवलगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो। पाँचथरबाट मोहन आचार्यको विशेष सहभागिता रहेको कार्यक्रममा उनले पठाएको मुक्तक उद्घोषक रमेन्द्र कोइरालाले वाचन गरेका थिए।


साहित्यिक सिर्जनाको आदान–प्रदान र स्रष्टाहरूबीच आपसी संवादलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।