विराटनगर।रङ्गेली,साहित्य कला सृजना मोरङको आयोजनामा किसानसँग सृजना संवाद कार्यक्रम सम्पन्न गरेको छ। रङ्गेली नगरपालिकाको साहित्य चौकमा आज साहित्यको नयाँ प्रयोग गरिएको छ। रङ्गेली साहित्य समाजको आयोजनामा तथा कोशी साहित्य समाजको सहकार्यमा एक पृथक, भव्य कला–साहित्य कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम रङ्गेली साहित्य समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा भएको,कार्यक्रममा प्रमुख अतिथि  साहित्य सर्जक डा. छवि बैरागी घिमिरेको रहेकोे थियो।

साहित्यिक जमघटमा साहित्य सर्जकहरू केशु बिरही, बाबुराम पोख्रेल, डा. देवी पन्थी, गीतकार इन्द्र नेउपाने, मोरङको तीन पैनी साहित्य समाज, बेलबारी सर्जक समूहलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय किसान कविहरूको सृजनात्मक प्रस्तुति तथा स्थानीय सन्थाल संस्कृतिको झल्को समेत देखाइएको थियो। साथै स्थानीय लोकप्रचलित परिकार भक्का र अचार खाजाका रूपमा सहभागीलाई खुवाएर आयोजकले साहित्य र संस्कृति किसानकै सम्पत्ति भएको सन्देश प्रस्तुत गरेका थिए।

यस कार्यक्रमले साहित्य, किसान र स्थानीय संस्कृतिबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै रङ्गेलीमा साहित्यिक गतिविधिमा नयाँ आयाम थपेको सहभागीहरूको भनाइ रहेको थियो।