विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा विजय भएकी छिन् ।
नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कार्कीले १ हजार ७ सय ४३ मत प्राप्त गर्दै केन्द्रीय सदस्य (खुला) पदमा जित हासिल गरेकी हुन् । अध्यक्ष ओलीको विश्वासिलो पात्रका रूपमा चिनिने कार्कीले केन्द्रीय महाधिवेशनमा सम्मानजनक मतका साथ जित हात पारेकी छन् ।




















