विराटनगर धरान ,श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताएका छन् ।
श्रम संस्कृति पार्टी धरान नगर समितिले बुधबार आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ । श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ ।”
कार्यक्रममा ट्याम्केमैयु गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य धुर्व राई नेपाली काङ्ग्रेसका अरुण कटवाल, जनमुक्ति पार्टीका राजेस खिम्दुङलगायत नेकपा एमाले मजदुरसंगठनमा आवद्ध मजदुरहरुलाई अध्यक्ष साम्पाङले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सम्मान गरिएको थियो ।




















