विराटनगर।भैरहवा, पुस २, २०८२ (१७ डिसेम्बर २०२५)  नेपाल सरकारले कतार सरकारलाई दुई हात्ती — रुद्रकलीखगेन्द्रप्रसाद उपहारस्वरूप प्रदान गर्ने तयारी  सकिएको छ। यी दुई हात्तीलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको कार्गो जहाजमा लोड गरिएको छ। आजै कतारतिर पठाइने व्यवस्था मिलाइएको हो।

चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका र हुर्किएका सात वर्षीया रुद्रकली र छ वर्षका खगेन्द्रप्रसाद नामका यी हात्तीलाई ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याइएको थियो। त्यहाँबाट Qatar Airways को चार्टर कार्गो प्रयोग गरेर सोझै दोहा, कतारमा पठाइएको हो।

नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन र नेपालको जैविक विविधता विश्वमै चिनाउन सरकारले यो दुई हात्ती उपहारमा दिने निर्णय गरेको हो। यी हात्ती कर्तव्य अनुसार कतारको अलखोर चिडियाखानामा राखिने व्यवस्था मिलाएको छ।