विराटनगर।चितवन, नेपाल सरकारले कतारलाई उपहारस्वरूप पठाउन लागेको दुई वटा हात्ती रुद्रकलीखगेन्द्रप्रसादलाई आज चितवनको सौराहाबाट औपचारिक रूपमा बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

वन्यजन्तु संरक्षण र कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यसहित कतार पठाउन लागिएका यी दुई हात्ती हाल आवश्यक तयारी र स्वास्थ्य परीक्षणको प्रक्रियामा रहेका छन्। जस अनुसार, रुद्रकली र खगेन्द्रप्रसाद दुई छावा आगामी पुस २ गते भैरहवा विमानस्थलबाट कतारतर्फ उडान गर्नेछन्।

नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वाससहित हात्ती उपहार आदान–प्रदान गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।