विराटनगर।काठमाडौँ ,एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रहेको उनले बताएका हुन्।

एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको बताउँदै उनले पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको बताए । 'धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ । म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,' उनले भने ।