विराटनगर । इलाका प्रहरी कार्यालय रानीले भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा प्रवेश गरेको व्यक्तिलाई चेकजाँचको क्रममा साथमा चारलाख ७० हजार रुपैँया स्रोत नखुलेको एकजना सहित पक्राउ गरेको छ । उक्त रकमको स्रोत नखुलेपछि विराटनगर–१५ का संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा उनको गोजीमा चारलाख ७० हजार रुपैँया फेला परेको थियो । सोधपुछ गर्दा उनले रकमको स्रोत खुलाउन सकेका थिएनन् । साइकलमा रहेका चौधरीको साथमा एकहजारका ४०० थान र पाँचसयका १४० थान नोट बरामद गरिएको थियो । उनले गोजीमा राखेको पैसा भएपनि स्रोत खुलाउन नचाहेपछि प्रहरीले पक्राउ गरेको छ ।




















