मोरङ । मोरङको धनपालथान–४ कर्सिया बजारदेखि पश्चिमतर्फ रहेको गदिया खोलामा बेला दुध डेरीको गाडी अनियन्त्रित भई पुलमुनी खसेको छ।

बिहान करिब ३:३० बजे भएको उक्त दुर्घटनापछि गाडी चालकलाई स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको कर्सिया प्रहरी चौकीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिए। घटनाबारे थप विवरण संकलन भइरहेको थप विवरण आउन बाकी छ।