यही २०८२ मङ्सिर २२ गते ( डिसेम्बर ८/२०२५) सोमबारका दिन चारु साहित्य प्रतिष्ठान नेपाल  र स्रष्टा साँझ अमेरिकाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय चारु कार्यक्रम सम्पन्न भएको छ।  चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीको अध्यक्षता तथा सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम स्रष्टा साँझ             अमेरिकाका नेपाल प्रतिनिधि पवनकुमार बुढाथोकीले संचालन गरेका थिए। चारु विशेष  कार्यक्रममा दीपक गोस्वामी (भारत) ,लक्ष्मीदास शर्मा (भुटान) , प्रभा पोख्रेल (अमेरिका) र नेपालबाट सञ्जना शर्मा( दाङ ) , जनार्दन अधिकारी, काठमाडौं (प्रवर्तक  खोरिया)आर्त अकुलिन कैलाली , दाङ  (प्रवर्तक  उदक), लक्ष्मीप्रसाद मिश्र (लमजुङ), चन्द्रावती अधिकारी( कोहलपुर) ,  सुरेसचन्द्र घिमिरे(काठमाडौं), नवराज भट्ट ( कंचनपुर) , घनश्याम पौडेल ( पोखरा ), मानन्धर अभागी (काठमाडौं) , र  इन्दिरा रेग्मी (नुवाकोट) को उपस्तिथि रहेको थियो ।

चारुका साथमा  नयाँ  विधा  सुसेली, खोरिया, उदक , कोपिला पनि प्रस्तुत  गरिएका  थिए ।