विराटनगर । विराटनगर–१२ पाञ्चालि एकनाथ पौडेलको घरमा गएराति चोरी भएको छ। घरमा कोहि नभएको मौका छोपेर आज राती चोरी भएको हो।घरकासदस्यहरू बाहिर भएको र बिहान ६ः३० बजे फर्किँदा घरको ताला फुटाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा वडाप्रहरीका अगुवा ललित चौधरीको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा करिब १० हजार रुपैयाँ नगद, ४ तोला सुन, ३ किलो चाँदीका गहना चोरी भएको पुष्टि गरेको छ।
प्रहरीले दोषीको खोजी अनुसन्धान अघि बढाएको प्रहरी चौधरीले जनाएको छ।




















