विराटनगर।काठमाडौं , गोकर्णेश्वर–४ स्थित शुभकामना स्कुलमा आयोजित Robotics, STEAM तथा AI Exhibition 2082 शनिबार भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूले प्रस्तुत गरेका रोबोटिक्स मोडेल, विज्ञान–प्राविधिक परियोजना, कोडिङ कार्य तथा कृत्रिम बुद्धिमत्तामा आधारित सिर्जनाहरूले अभिभावक, शिक्षक तथा सरोकारवालाको विशेष ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले वैज्ञानिक प्रयोग, नवप्रवर्तन, सिर्जनात्मक उपकरण, विभिन्न प्रयोगात्मक मोडेल तथा भिजुअल प्रस्तुतीकरणमार्फत आफ्नो प्राविधिक सीप प्रभावपूर्ण रूपमा प्रदर्शन गरेका थिए। अभिभावकहरूका अनुसार प्रदर्शनीले बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास तथा व्यवहारिक सीप अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ।
गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्री जयाराम महत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। अतिथिहरूले विद्यालयले अघि बढाएको प्राविधिक तथा व्यवहारिक शिक्षामुखी पहल प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई २१औँ शताब्दीका आवश्यक सीपहरू प्रदान गर्ने विद्यालयको प्रयासलाई सराहना गरे।
त्यसैगरी, Lions तथा Leo परिवारका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवा : Dental तथा Eye Camp सञ्चालन
प्रदर्शनीसँगै विद्यालयले Samaj Dental Hospital, जोरपाटीसँगको सहकार्यमा नि:शुल्क Dental Camp तथा Lions Club of Kathmandu को संयोजनमा Eye Camp सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षणमा अभिभावक तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।
Lions Club of Kathmandu Jorpati का अध्यक्ष श्री गणेश कोइराला तथा उनकी टोलीले स्वास्थ्य सेवा व्यवस्थापनमा पुर्याएको सहयोगप्रति विद्यालयले कृतज्ञता व्यक्त गरेको छ।

विद्यालयको लक्ष्य : व्यवहारिक, प्राविधिक र गुणस्तरीय शिक्षा
Subhakamana Schoolका अनुसार विद्यालयले ‘Learning by Doing’ शिक्षण पद्धतिमार्फत बालबालिकालाई व्यवहारिक, प्राविधिक तथा जीवन–उपयोगी सीपमा दक्ष बनाउने लक्ष्यसहित कार्यरत छ। विद्यालयले Robotics, Coding, AI, STEAM Educationलगायत आधुनिक प्रविधिमूलक विषयहरूलाई नियमित कक्षाक्रम तथा गतिविधिमा समावेश गर्दै आएको छ।
विद्यालय व्यवस्थापनका अनुसार शैक्षिक गुणस्तर, सिर्जनशीलता विकास, अनुशासन, मूल्य–शिक्षा, खेलकुद, कला तथा जीवन–कौशललाई समान प्राथमिकता दिँदै समग्र विकासतर्फ विद्यालय निरन्तर अग्रसर छ।

Subhakamana School : काठमाडौँको उदाउँदो उत्कृष्ट विद्यालय
भविष्यमुखी, व्यवहारिक तथा प्राविधिक शिक्षामा अग्रसर Subhakamana School अभिभावकहरूबीच छिट्टै लोकप्रिय बन्दै गएको विद्यालयले जनाएको छ।




















