विराटनगर।२०८२/८/२०साहित्यकार डा. गोपाल पौड्याल “मण्डने”को अर्को अन्तर्राष्ट्रिय स्तरको पुस्तक How to Become the Best Ambassador काठमाडौंको प्रज्ञा भवनस्थित हलमा एक समारोह बीच कार्यक्रममा लोकार्पण गरिएको छ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका पौड्यालले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न चाहने तथा रुचि राख्ने व्यक्तिहरूका लागि उपयोगी सामग्रीका रुपमा यो पुस्तक प्रस्तुत गरेका छन्। देशको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रहरूमा राजदूतको भूमिकामा पुग्ने व्यक्तिले जान्नुपर्ने ज्ञान, सीप र दृष्टिकोण समेटिएकाले पुस्तक स्रोत सामग्रीका रूपमा अब्बल मानिएको छ।
अंग्रेजी माध्यममा लेखिएको यो कृति आफैंमा एउटा महत्वपूर्ण कृति (इतिहास) बनेको उल्लेख गर्दै लामो समयपछि नीतिनिर्माता तहका पाठकका लागि अत्यन्त उपयोगी पुस्तक ल्याएको लेखकले बताएका छन्।
उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न लोकार्पण समारोह साहित्य, राजनीति तथा परराष्ट्र मामिलाका विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो। सहभागीहरूले पुस्तकले कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे।




















