विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुको छुरी प्रहारबाट भाइको मृत्यु भएको छ ।

गएराति आपसी विवादका क्रममा स्थानीय ३० वर्षीय राजुकुमार साहले छुरी प्रहार गर्दा २८ वर्षीय भाइ (काकाको छोरा) श्रवण साहको मृत्यु भएको हो । छुरी प्रहारबाट गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो । श्रवणको उपचारकै क्रममा राति नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।