बाडुली लागी सर्केको ८
नजर उनको फर्केको ९
मनको उत्कट अभिलाशा १०
आउछिन् कि भन्ने झीनो आशा १०
केही दिनदेखि पर्खेको ९
हेर्दैछु दिन घर्केको ८
जीवन छोटो थाहा छ ८
फुर्सद त धेरै कहाँ छ ९
तिम्रो उपस्थितिको आभाष १०
मन हाम्रा छन् कि आसपास१०
मेरो धर्ती मेरो आकाश ९
लाग्दछ यही चाहा छ ८
यो मिलनको हतारो ८
किन लागेको यति सारो ९
पूर्वबाट तिमी उदाउनू १०
मनमा बारबार आउनू १०
टाढाको प्रीत अनमोल ९
तैपनि बिर्सिन गा'रो ८
सन्तोष कुमार पोखरेल
मङ्सिर १४,२०८२। भक्तपुर, नेपाल।




















