विराटनगर।जेनजी आन्दोलनका क्रममा मोरङको रंगेली र सुनवर्षी नगरपालिकासहित सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी गरेको  आरोपमा नेकपा एमालेका युवा नेता आनन्द साहसहित ५ जना पक्राउ परेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, इलाका प्रशासन कार्यालय र रंगेली नगरप्रमुखको घरमा समेत आगजनी गरिएको थियो । रंगेली र सुनवर्षी नगरपालिकामा नेकपा एमालेकै मेयर छन् । एमालेकै मेयर भएको पालिकामा एमाले निकट युवा नेताको अगुवाईमा आगजनी गरेका थिए।

सुरक्षा निकायका अनुसार घटनास्थलमा प्राप्त भिडियो तथा सिसिटिभी फुटेजले भीडलाई नेतृत्व गर्दै आगजनीतर्फ उक्साउने कार्यमा आनन्द साहको संलग्नता देखिएको दाबी गरिएको छ । यस घटनापछि प्रहरीले कडा ढंगले कारबाही अघि बढाउँदै पाँचै जनालाई नियन्त्रणमा लिएको हो । साथै प्रहरीले आगजनीमा संलग्न अन्य व्यक्तिहरूलाई सिसिटिभी फुटेज र तस्बिरहरुका आधारमा खोजी जारी राखेको प्रहरीले जनाएको छ ।