विराटनगर।धरान,नौलो पथ ब्याडमिन्टन क्लब, धरान–१५, सुनसरीले स्थानीय स्तरमा ब्याडमिन्टन प्रतियोगिता आयोजन ागर्ने भएको छ । आगामी मंसिर १८ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरान क्षेत्रमा विभिन्न क्लवहरुमा आवद्ध वी र सी लेभलका खेलाडहिरुविच प्रतिस्पर्धा गराइने सोमबार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मेन्स डबल यु–१३ सिंगल गरी दुई विधामा हुने क्लबले जनाएको छ ।

क्लवका अध्यक्ष दीपेन्द्रप्रकास पराजुलीका अनुसार तीन दिनसम्म हुने प्रतियोगितामा बी लेभलतर्फ विजेताले नगद २० हजार, दोस्रोले १० हजार पाँच सय र तेस्रो हुने दुई टिमले जनही नगद पाँच पाँच हजार रुपैयाँसहित मेडल तथा प्रमाण पत्र पाउने छन् । 

यस्तै अन्डर १३ तर्फ प्रथमलाई जनही ५ हजार, दोस्रोलाई जनही तीन हजार र तेस्रो हुने दुईजनालाई जनही १५ सय रुपैयाँका दरले ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । धरानका सबै खेलमैदानमा खेल्ने खेलाडीहरुको प्रतिनीधि राखेर आयोजकले नै टिम तयार गर्ने प्रतियोगिताका संयोजक सुमन मगरले जानकारी दिए। अन्डर १३ तर्फ भने उमेर खुल्ने कागजात देखाई प्रवेशको अनुमति लिनुपर्ने उनले बताए । 

स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्सोहान गर्न खेलाइने मैत्रीपूर्ण खेलमा ग्रेडिङमा परेका राष्ट्रिय र क्षेत्रीय खेलाडीहरुलाई भने प्रवेश नदिएको संयोजक मगरले जानकारी दिएका छन् । 

स्थानीय सहयोगदाता र खेलाडीहरुबाट सहयोग उठाएर प्रतियोगिता सम्पन्न गर्न लागिएको क्लवका कोषाध्यक्ष मनिस मगरले पत्रकार सम्मेलनमा बताए  । 

क्लवले बनाएको आचारसंहिता उल्लङ्घन गरेमा पहिलो कार्ड–रू ५००, रेड कार्ड रू. १,००० र ब्लक कार्ड रू. २,००० जरिवाना लाग्ने व्यवस्था गरिएको क्लबले जनाएको छ । प्रतियोगिताको सहसंयोजकमा देवेन्द् खड्का रहेका छन् । भने प्राविधिक सहयोग सुनसरी जिल्ला ब्याडमिन्टन संघ रहेको आयोजकले जनाएको छ ।