विराटनगर।धनकुटा,तेह्रथुमको शैक्षिक भ्रमण सकेर सुनसरी फर्किँदै गरेको विद्यार्थी बोकेरको बस आइतबार धनकुटामा दुर्घटना परेको छ। २९ जना विद्यार्थी सहित शिक्षक घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खस्दा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी सहभागी शैक्षिक भ्रमणबाट फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको बस दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा परेको हो । बसमा चालकसहित करिब ४१ जना विद्यार्थी सवार थिए । घाइतेमध्ये केही गम्भीर भएपछि तत्कालै प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पठाएको छ ।




















