साँझ
ऊ
सधैँ
आउँछ
प्रश्नसँग
आशातीत भै
सोध्छ खै उन्नति?
कहाँ छ उपलब्धि?
छन् कता योजनाहरू?
हराए कहाँ बाचाहरू ?
गर्छ मौन प्रश्न ऊ मलाई।
हुन्छु सदैव निरुत्तर
छाम्छु योजनाका पोका
झकझकाइ दिन्छ
सारथी बनेर
चोखो कर्तव्य
निभाउँदै
सदैव
साँझ
ऊ।
गीताश्री शर्मा
साँझ
ऊ
सधैँ
आउँछ
प्रश्नसँग
आशातीत भै
सोध्छ खै उन्नति?
कहाँ छ उपलब्धि?
छन् कता योजनाहरू?
हराए कहाँ बाचाहरू ?
गर्छ मौन प्रश्न ऊ मलाई।
हुन्छु सदैव निरुत्तर
छाम्छु योजनाका पोका
झकझकाइ दिन्छ
सारथी बनेर
चोखो कर्तव्य
निभाउँदै
सदैव
साँझ
ऊ।
गीताश्री शर्मा
Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.