विराटनगर।सुनसरी, इनरूवा–३ । ज्येष्ठ नागरिक सम्मान तथा ‘जिम्मेवारी हाम्रो अभियान’ अन्तर्गत आज मंसिर १२ गते (०८२/०८/१२) सखुवा गाछी इनरूवा–३ निवासी ९७ वर्षीय धर्म कुमारी सुबेदी भट्टराईलाई सम्मान गरिएको छ।

सुबेदी परिवारकी सबैभन्दा ज्येष्ठ नागरिक  धर्म कुमारी सुबेदी भट्टराई ‘जिम्मेवारी हाम्रो अभियान कि अगुवा लक्ष्मी पोखरेलको टोलिले सम्मान गरेको थियो परिवारजनले खुशी व्यक्त गर्दै  समाजका अग्रजहरू परिवर्तनका संवाहक भएको उल्लेख गरे। उमेरदराज व्यक्तिहरूलाई हाँसो, उमङ्ग र आत्मीयताका साथ सम्मान गर्नु हाम्रो सामाजिक कर्तव्य भएको वक्ताहरूले बताए।

उहाँको साहिँलो छोरा उपेन्द्र भट्टराई र बुहारी उषा भट्टराईले सासुआमाको समर्पित रूपमा सेवा–सुसार गर्दै आएको परिवारजनले बताएका छन्। बुहारी उषा भट्टराई सामाजिक संस्कार, व्यवहारिक बुद्धिमत्ता र परिवारप्रतिको दायित्वबोधमा समाजका लागि उदाहरणीय व्यक्तित्वको रूपमा प्रशंसित भएकी छन्।

यसरीनै सबै बुहारी छोरी बनेर आमा बा को सेवा गर्ने हो भने वृद्धआश्रमको जरुरी हुने थिएन।र कुनैपनी वृद्ध बा आमा हेला नहुने,चेतना मुलक कार्यक्रमकि अगुवा अभियानता लक्ष्मी पोखरेलले बताएकी छन् ।



FB_IMG_1764345552127