जोडेर झुटो नाता तोडेर सारा बाचा
आफ्नै भन्नेले आज पराई बनाएर गई ।
सिन्दुर र पोते मेरै लगाउँछु भन्ने आज
रोपेर तिर यो दिलमा छुरा चलाएर गई
स्वार्थी रहेछ दुनियाँ स्वार्थी रहेछ सारा
छाड्दिन भन्नेले नै देखाउँदै छे पारा
जो हुन्छु साथ भन्थी उही रुवाएर गई
रोपेर तिर यो दिलमा छुरा चलाएर गई ।
दुख्छ यो मेरो मुटु दुख्छ यो मेरो छाती
भिज्छ सिरानी मेरो आँसुले राती राती
मैले देखेका सारा सपना तुहाएर गई
रोपेर तिर यो दिलमा छुरा चलाएर गई ।
जोडेर झुटो नाता तोडेर सारा बाचा
आफ्नै भन्नेले आज पराई बनाएर गई ।
नवशिला ।
रचना समय ११ मङ्सिर २०८२, बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ ।




















