सपनासरि यो सहरमा आइदेऊ न यार
सिर्जनाको लेखाइमा लगाइदेऊ न यार
केही बाँकी रहेन सबथोक बेकामे भयो
जड्याहाको आगन पुर्याइदेऊ न यार
हेर्न सकिन यो मन बुझाउन पनि सकिन
दुख्छ मन कुनै मलम बताइदेऊ न यार
मेरो संसारको ज्यान लड्यो केही रहेन
अब के गरूँ म सबै भ्रम हटाइदेऊ न यार
सात समुद्र तरी आएँ केही लागेन उपाय
यहाँ आएर एक झल्को देखाइदेऊ न यार
माया पौडेल, हाल: अमेरिका




















