विराटनगर ।सुनसरीको झुम्का कारागारबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले झापामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले उनीहरूलाई मेचीनगर–६ स्थित घरबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राजस्व छली मुद्दामा सजाय भोगिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी रहेका छन् । दुवैजना झापाको मेचीनगर–६ का स्थायी बासिन्दा रहेको प्रहरीले बताएको छ।
गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारमा उत्पन्न असहज परिस्थितिको मौका छोपी उनीहरू फरार भएका थिए ।




















