फुर्सद भएन मलाई ९
यो कुन काम भ्याई नभ्याई १०
एकान्त बासा कुनै छैन आशा ११
दौडिरहेको म छु गुन्गुनाई ११
हिडेको कहाँतक कवि यो १०
मुटुभित्र ज्योति जलाई ९
म बिश्रान्तिको नाद भर्छु ९
हृदयमा म आघात गर्छु १०
हूँ प्रेमको स्वच्छ धारा बहेको ११
तिम्रा मुटुभित्रमा बास गर्छु ११
मुटुभित्रका ठाउँ सह्याँल १०
स्वयं प्रेम हुँ प्रेम भर्छु ९
म देख्छु म सुन्छु पहिला ९
मुटु चल्छ त्यसखेर ढिला १०
मस्तिष्क आउन लाउँछ बेर ११
अनि लेखिहाल्छु हुन्न अबेर ११
शव्दावली जो आकाशबाट १०
तिमी आउँदै मुटु साट ९
सन्तोष कुमार पोखरेल
रचना समय मङ्सिर ९, २०८२। भक्तपुर, नेपाल।




















