मैदान ३

उत्रिएर ४

मात पिएर ५

नियमविरुद्ध ६

बेरीतको        साथमा ७

यहाँ खेल्न तम्सिन्छन् ७

नियम नमिची ६

खेल खेलेर ५

जित्ने गर ४

यो सान । ३




“बाटो”


बाटो लम्पसार ६

एउटा अल्छेझै छ, ७ 

सधैं ऊ       सुतिरहन्छ ८ 

एक एक यात्रु जान्छन् ८ 

उसैलाई टेकेर ७ 

हतार हतार । ६ 



“लोभ”


घसीघसी ४ 

तेलको सिसि ५ 

चिप्लो पारेर ऊ ६

छिटै फसिसकेछ ७ 

निस्कँदैन यहाँ पसी ८ 

पलेटी  कसिसकेछ ८ 

चपेटा र लोभको ७ 

गहिरो खाल्डोमा ६

मगनमस्त ५

बसीबसी । ४


बाबुराम पोखरेल

विराटनगर ।

रचना समय मङ्सिर ९, २०८२