विराटनगर।मोरङ्ग रङ्गेली नगरपालिका वडा न ९ दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले बृहत कार्यक्रम सहित आफ्नो वार्षिकोत्सव मनाएको छ ।
मिति २०८२-०८-०९ गते मङ्गलवारका दिन संस्थाको वार्षिक आम्दानी - खर्च सार्वजानिक गर्नुका साथै किर्तन परिवार भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्य भएको थियो । उक्त कार्यक्रममा गोलाप्रथाबाट बिभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।
संस्थाकी अध्यक्ष सुनिता सिटौलाले ९३ वर्षिया कौशिला थापालाई माला तथा दोसल्ला ओडाएर सम्मान गर्ने कार्य गरेकी थिइन् । यसै अवसरमा विवाहपञ्चमी विशेष कार्यक्रम पनि मनाइएको थियो । बिभिन्न भक्ति संगितमा नाचेर माहोल एकदमै मनोरञ्जन बनाइएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी तथा बिभिन्न संघ संस्थामा रहेर आफ्नो परिचय कमाइ सक्नु भएका चिरञ्जीवी काफ्ले, किर्तन परिवारका अग्रज लीलानाथ भण्डारी , शुसिला काफ्ले , सिर्जना भट्टराई , देवी न्यौपाने आशा सुवेदी लगायत धेरै आमा दिदी बहिनीहरूको उपस्थिति रहेको थियो ।





















