विराटनगर । विराटनगर महानगरपालिका–७, सात घुम्ती नजिक अवस्थित एक प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । केहीबेर अघिदेखि सुरु भएको आगो तीव्र रूपमा फैलिँदै गएपछि नियन्त्रणमा लिने प्रयास भीको प्रहरीले जानकारी दिएको छ ।
फ्याक्ट्रीभित्रबाट लागेको आगो नियन्त्रणका लागि विराटनगरमा उपलब्ध दमकल मात्र पर्याप्त नहुँदा सुनसरीका विभिन्न स्थानीय तहबाट थप दमकल माग गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोली स्थलमै खटिएको भएपनि स्थानीयवासी, सुरक्षा निकाय र दमकल टोलीले संयुक्त रूपमा आगो नियन्त्रण प्रयास जारी राखेका छन् । अहिले पनि विराटनगर महानगरपालिका सहित विभिन्न पालिकाबाट आएका दमकले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।




















