विराटनगर ।काठमाडौँ , प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका जेन–जीसम्बद्ध २१ समूहका अगुवाहरू प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका छन्।

मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवा अगुवाहरूले सरकारले देखाएको उदासीनताप्रति असन्तोष व्यक्त गर्दै गेटमै मागपत्र टाँसेका हुन्। आन्दोलनकारी युवाहरूले लाखौँ जनताको विद्रोह केवल ०८४ सालको चुनाव ०८२ सालमै गराउने उद्देश्यका लागि मात्र नभएको स्पष्ट पार्दै, दर्ताबार दल, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको चल–अचल सम्पत्ति रोक्का गरी छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन्।

जेन–जी समूहहरूले कार्की सरकारले माग सम्बोधन गर्न असमर्थ रहेको निष्कर्ष निकाल्दै ७ दिनको अल्टिमेटमसमेत दिएका छन्। माग बेवास्ता भए आफूहरू पुनः संघर्षमा उत्रिने चेतावनीसमेत दिएका छन्।