बिराटनगर। नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमाएका छन् ।
नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो ।
समस्या निम्तिएपछि नाेबेलले हतारहतार डिस्चार्ज गरेकाे आफन्तकाे आरोप छ । नाेबेलले डिस्चार्ज गरेपछि परिवारले बालकलाई बिराट आँखा अस्पताल भर्ना गरेकाे थियाे ।
त्यहाँका चिकित्सकले बालकको आँखाको ज्योति पुन: फर्कने सम्भावना २ प्रतिशतभन्दा कम रहेको बताएका छन् । आँखाको भित्री भागको हड्डी निकालेका कारण आँखामा गम्भीर चोट लागेको चिकित्सकको भनाइ छ ।
लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाही गर्न माग गर्दै बालकका मामाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।




















