आकाश रातो भयो ७

धर्ती रक्ताम्य जो थियो ८

युवा जमीनमा लडेका  ९

फोहरा माथि माथि चढेका १०

रगतको   मृत्योन्माद थियो  १०

यो नबिर्सिने याद थियो ९

साशनको सातो गयो ८

आकाश रातो भयो ७


सडक तातो भयो ७

देश फेरि रातो भयो ८

यो रक्तिम क्रान्ति उठेको ९

न्याय नपाएको नेपालमा १०

कुशासनको यस हालमा १०

फेरि ढालिए गोली हानी  ९

ती ज्यूँदा शहीदहरू  ८

देशले धेरै सह्यो ७


एकजुट भै आउ ७

यो देश आफैं उठाउ ८

देशको शान फिर्ता ल्याउ ९

हत्यारा सबैका पाता कस १०

युवाहरू   अब जागा बस १०

खोरमा तिनलाई जाक ९

विश्व चकित बनाउ ८

आउ सौरभ ल्याउ ७


सन्तोष कुमार पोखरेल