विराटनगर।मोरङ ,लैंगिक हिंसाबाट प्रभावित महिलाहरूका लागि एवीसी नेपालले आयोजना गरेको १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तको अध्यक्षता रहेको थियो ।

कात्तिक २४ गतेदेखि मंसिर ८ गतेसम्म सञ्चालन भएको सो तालिममा कृष्टल पोते माला र बाटेको धूप बनाउने सीप प्रदान गरिएको थियो । तालिममा कुल १५ जना महिलाहरू सहभागी भएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हिंसा प्रभावित महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले महानगरले पनि विभिन्न कार्यक्रम सञ्चालन गरी सहयोग गरिरहेको बताए ।