विराटनगर ।मोरङको कानेपोखरी–२ स्थित थारुचोकमा थ्रेसर लगाएर धान झार्ने क्रममा आगलागी भएको छ। ट्याक्टरको सायलेंसर पाइपबाट चिस्का निस्कँदा आगलागी भएको कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिएका छन् ।

नगरप्रहरीको बारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण ट्याक्टरमा क्षति पुगेको छ।  थ्रेसरमा राखिएको धान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको  छ।