कानेपोखरीमा आगलागी ट्याक्टर र धान जलेर क्षति
- मंसिर ७, २०८२
- १९८ पटक पढिएको
विराटनगर ।मोरङको कानेपोखरी–२ स्थित थारुचोकमा थ्रेसर लगाएर धान झार्ने क्रममा आगलागी भएको छ। ट्याक्टरको सायलेंसर पाइपबाट चिस्का निस्कँदा आगलागी भएको कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिएका छन् ।
नगरप्रहरीको बारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण ट्याक्टरमा क्षति पुगेको छ। थ्रेसरमा राखिएको धान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।




















