चारु साहित्य प्रतिष्ठान र स्रष्टा साँझ अमेरिकाको आयोजनामा अन्तर्राष्ट्रिय चारु सम्मेलन सम्पन्न भएको छ। चारुसँगै केही गजल पनि तरन्नुममा प्रस्तुत गरिका थिए। कार्यक्रममा नेपाल , भारत, भुटान र अमेरिकाका चारुर्करको भव्य उपस्थिति रहेको थियो ।
चारु साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष देवी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि
भारत दिल्लीकी प्रसिद्ध चारुकारा मिलन सिंह मधुर थिए। विशिस्ट अतिथि उत्तरप्रदेश भारतका
दीपक गोस्वामी र दिल्लीकी चारुकारा शारदा मादरा थिए । आमन्त्रित चारुकार एवम् गजलकारमा
सञ्जना शर्मा, दाङ , दीपक पनेरु, सर्लाही , नीता गुरुङ गौहाटी ,रमा खतिवडा , पोखरा,अमृता रसाइली चितवन खोम काफ्ले,भुटान , प्रभा पोख्रेल,अमेरिका, लक्ष्मीप्रसाद मिश्र, लमजुङ ,कल्पना मरासिनी, अर्घाखाँची , उत्तम विचार, काठमाडौं ,.खगेन्द्र बस्याल, पाल्पा , अच्युत घिमिरे 'उन्मुक्त' , भुटान ,मन्दा पौडेल , काठमाडौं र चन्द्रावती अधिकारी, कोहलपुर थिए । कार्यक्रम स्रष्टा साँझ अमेरिकाका नेपाल प्रतिनिधि पवनकुमार बुढाथोकीले संचालन गरेका थिए।




















