विराटनगर।कोशी प्रदेशमा आयोजित युवामुखी राजनीतिक कार्यक्रमका लागि विराटनगर आएका एमाले नेता महेश बस्नेतमाथि रातो मसी प्रहार भएको छ।
विमानस्थल क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताबीच बस्नेतमाथि गरिएको आक्रमण प्रयासपछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।
इटहरीमा राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशद्वारा आयोजना गरिएको ‘जागरण सभा तथा जेन–जेड पुस्तासँग अन्तर–संवाद’ कार्यक्रममा सहभागी हुन उनी बिहान करिब १०:५० बजे श्री एयरको उडानमार्फत विराटनगर अवतरण भएका थिए । सुरक्षा जोखिमका कारण बस्नेतको भ्रमणबारे पार्टी तथा सुरक्षा निकायले गोप्य समन्वय गर्दै ‘हाइ अलर्ट’ जारी गरेका थिए । विमानस्थलमै सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाइका साथ सुरक्षा घेरा बनाएको थियो ।




















