विराटनगर।धनुषामा,मिति २०८२/०८/०६ गते धनुषामा कमला साहित्य कला समाजको उद्घाटन तथा समाजका अध्यक्ष गणेश तिमल्सिना ‘गतिको पहिलो कृति मनोेगति मुक्तकसङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मैथिली भाषाका मूर्धन्य गीतकार तथा साहित्यकार अर्जुन प्रसाद गुप्ता , मधेस प्रदेशकी सांसद तथा पूर्व पर्यटनमन्त्री सुनीता यादव, गणेशमान चारनाथ नगरपालिकाकी पूर्व उप–मेयर मिना कुमारी, शिक्षा प्रमुख छोटी मुखिया लगायत विभिन्न साहित्यिक एवं सामाजिक व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा बर्दिबास साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रगतिशील मधेस प्रदेशका सचिव भीम राउत, विश्व साहित्य मञ्च महोत्तरीका अध्यक्ष उद्वव अविचल, बुढ्यौली साहित्य सिरहाका अध्यक्ष तथा कमला साहित्यका सल्लाहकार गणेश कुमार अधिकारी, गौरीशंकर मिथिला वाङ्मयका महासचिव कुमार दहाल कुसुम, सर्लाही साहित्य समाजका अध्यक्ष मीना देवकोटा, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष वि.पी. राज दहाल, जानकी नारी स्रष्टा समाजकी अध्यक्ष जमुना पोखरेल लगायत व्यक्तिहरूको उपस्थित थियो।

साहित्यकार तथा समीक्षक वि.पी. राज दहालले ‘मनोेगति’ मुक्तकसङ्ग्रहको सटिक र उत्कृष्ट साहित्यिक समीक्षा प्रस्तुत गर्दै पुस्तकका विशेषता, शैली र गहन भावधारालाई मनोवैज्ञानिक रूपमा व्यक्त गरेका थिए।

समारोहलाई भव्य र व्यवस्थित बनाउन जनप्रतिनिधि, बुद्धिजीवी, गुरुजन, समाजसेवी, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनायो। ज.जा. मा.वि. गौदारका विद्यार्थीहरूको नृत्य प्रस्तुति कार्यक्रमको आकर्षण बनेको थियो।

कार्यक्रमको प्रारम्भ कमला माताको प्रतिमामा माल्यार्पण तथा दियो प्रज्वलनबाट गरिएको थियो, जसको व्यवस्थापन समाजका कोषाध्यक्षद्वारा गरिएको थियो।
कार्यक्रमको आकर्षक र मृदु सञ्चालन सचिव भक्तरामले गर्नुभयो भने लक्ष्मी उपाध्यायको स्वागत मन्तव्य सबैलाई मन्त्रमुग्ध बनाउने खालको थियो।

उपस्थित अतिथिहरूलाई गम्छा, सम्मानपत्र, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्न सह–सचिव सुमन अधिकारी, कोषाध्यक्ष गोविन्द खड्का, सदस्य महेश महतो, सल्लाहकार भोजबहादुर अधिकारी, उपाध्यक्ष ज्याती घिमिरे आदिको विशेष भूमिका रह्यो।
नृत्य तयारीमा अजय लालकर्णदुर्गा गौतमको योगदान उल्लेखनीय रह्यो भने चिया–खाजा व्यवस्था गोविन्द अर्यालनन्दलाल तामाङले जिम्मेवारीपूर्वक सम्हालेका थिए।

यद्यपि केही प्रविधिक कारणले कार्यक्रम निर्धारित समयभन्दा ढिला सुरु भए पनि समग्रमा कार्यक्रम, अनुशासित र सफल भएको आयोजकहरूले बताएका छन्।

FB_IMG_1763830737260FB_IMG_1763830799958FB_IMG_1763830734301