हरिद्वार प्राचीन् चतरा धरा हो
बराक्षेत्र को तट् नदी कौशिकीको
छ कोका समाहित् छ सङ्गम् थलोनै
बराहा प्रभोले त शान्तै भएयै ।।१ ।।
नुहाए धरा धाम कोशी नदीमा
झरो पिण्ड अम्मृत् यसैको धरामा
बनेका मठैछन् पिठैको प्रभावै
बसाए जगत्का गुरुले त आई ।।२ ।।
जगाए सबैमा सनातन् जगाए
जगाए र कृष्णै त राधा जगाए
जगाए र सीता र रामै जगाए
महावीर जङ्गी त प्रेतै भगाए।।३ ।।
जगसए महादेव शंङ्कर जगाए
जगाए त शङ्कर् त मोचन जगाए
अघोरी तटै यो त शन्तै बनाए
मठाधिस् पिठाधिस् सबै नै त आए ।।४ ।।
यही क्षेत्र रोजी मुनी भार द्वाजै
चतारा त रोजी धरा धाम आए
ऋषे भार- द्वाजै बसेको यही हो
यही गायत्री मन्त्रको जन्म भाको।।५ ।।
बसेका ति राजा त राजर्षि बाटै
ति देवर्षि भाको थलोनै यही हो
गुरुमन्त्र पाको थलोनै यही हो
उ ब्रम्हर्षि भाको थलोनै यही हो।।६ ।।
छ औल्या त बाबा छ पिण्डेश्वरै नै
छ दन्तै झरेको शतीको पिठैनै
छ बूढा त सुब्बा छ गायत्त्रि देवी
छ रामै तपेकाे छ रामै धुनीनै ।।७ ।।
छ बिष्णू उनैको छ हो पादुका नै
भयो चारकिल्ला धरा धाम मानै
बनाए अराए जमाए गुरुले
चतारा बनाए धराधाम ऐले।।८ ।।
बुझौ सुन्सरी को शिरको सुरानै
छ चारै तिरैनै बनेको छ ग्यानै
यसैमा रमाई धरा धाम हाम्रो
छ कुम्भै नगर्यो बराक्षेत्र राम्रो।।९ ।।
हरिद्वार प्राचीन् चतारा धरा हो
बराक्षेत्र देवत्व कोशी नदी हो
जटा सात बोकी बगेकी तिमी हौ
निरन्तर् बगेकी तिमी कौशिकी हौ ।।१० ।।
तटै पुर्व कोशी किनारै रहेकी
चतारा हरिद्वार नामै भएकी
तटै कुम्भ नग् री चताराछ धामै
जगत्का गुरूलौ त बस्छन् त जानौ।।११ ।।
यही हो यही हो कौशिकी यही हो
त मृत्वै र मोक्षै दिने नै यही हो
हिन्दुत्वको मन्त्र सनातनै हो
वेदै पुराणै जपतप यही हो।।१२ ।।
डमरू बल्लब भण्डारी
सुनसरी इनरुवा




















