विराटनगर ।सर्लाहीको मलङ्गवामा आयोजित कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका भाषासेवी पुरस्कार तथा सम्मान सम्पन्न भएको छ।

 समारोहमा बज्जिका भाषाको विकास, संरक्षण तथा प्रवर्द्धनमा सक्रिय योगदान पुर्‍याउने विभिन्न प्रतिभाहरूलाई सम्मान गरिएको छ। बज्जिका भाषामा सिर्जना, अनुसन्धान र गहन भूमिका निर्वाह गर्दै आएका सञ्जय शाह ‘मित्र’ लाई यस वर्षको प्रमुख सम्मानस्वरूप पचास हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै बज्जिका भाषामा उल्लेखनीय योगदान पुर्‍याउने ममता मृदुल, खेलाडी तथा गीतकार बुद्धविर लामा, बैशाली लालगन्ज, भारतका मणिभूषण प्रसाद सिंह ‘अकेला’, मुजफ्फरपुरकी साधना कृष्ण, नवीन सिंह लगायत नेपाल–भारतका दर्जनौँ व्यक्तिलाई सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष रामचन्द्र कुशवाहाको बज्जिका भाषासम्बन्धी पुस्तकको लोकार्पण प्रमुख अतिथि शिक्षा प्रमुख तथा विशिष्ट अतिथिहरू रमेन्द्र कोइराला, प्रा. डा. सावित्री कक्षपति लगायतले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमको सञ्चालन बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश मिस्रले गरेका थिए।भने कार्यक्रमको आर्थिक सहयोग अमेरिकामा बसोबास गर्ने विजय झाले गरेका थिए।
समारोहमा श्रीमती सरस्वती निमावी आधारभूत विद्यालयका शिक्षकहरू सहित नेपाल र भारतबाट उपस्थिती रहेको थियो।



Messenger_creation_C3A09A28-BA0F-4DAB-ADD9-E1D300CDDFD9