(प्रमोद ढकाल )

केही दिन अगाडि आदरणीय साहित्यकार मित्र श्री हरिप्रसाद बरालले एउटा साहित्यिक किताब दिदै भन्नुभएकाे थियाे मेराे किताब जस्तो चुप लागेर बस्ने हाेइन याे अर्काकाे किताब हाे पढेर प्रतिक्रिया चाहिँ चाहिन्छ नि । त्यसाे त मैले धेरै पटक उहाँको किताब बारे टिप्पणी लेख्न खाेजेँ र मिटाएँ कारण यही थियाे कि उहाँको ओज पूर्ण किताबकाे टिप्पणी कहीँ साधारण नभइजाओस् त्यसमा पनि उहाँको "प्रतिकवाद" भन्ने किताब झनै उत्कृष्ट र फर्मल किताब झै पढ्ने र मनन गर्नै पर्ने थियाे र छ जसकाे टिप्पणी म जस्तो अकिञ्चनले गर्नु भनेकाे सूर्यलाई दियाे देखाएकाे हुने थियाे, त्यसैले म उहाँको हरेक किताब पढेर माैन नहीँ रहे, याे त म र उहाँ बीचको कुरा थियाे त्यसमा पनि उहाँ मेराे सहपाठी .... मलाई थाहा थियाे कि उहाँले मेरा सानातिना गल्ती हरुलाई माफ गरिदिनु नै हुनेछ । तर याे बाचा अनुरुप र अर्काकाे किताब पनि थियाे र किताब बारे धेरथोर जे भएपनि लेख्नु नै थियाे ... यसैले ढिलै भएपनि यस किताब बारे थाेरै शब्द काेर्ने ढृष्टता गर्दैछु । सम्बन्धित सबैले माफ गर्नुहाेला .... । आवरणमा नेपाली धरा हिमाली पहाडी टाकुरा नियाल्दै गरेकी एक नेपाली महिलाको तस्बिर जाे सायद आफ्नो जन्मघर मानाैकी माइतीघर सम्झिरहेकी छिन् र यस्तै बचपनका अवयवहरु याद गर्दै यसैमा टाेलाइरहेकी जस्ताे रहेको याे पुस्तक थियाे पाेखराकि आदरणीय स्रष्टा रीता न्याैपाने पहारी ज्यूकाे "बेरीतका रीतहरु" एक निजात्मक निवन्धसङ्ग्रह । जाे वास्तविक रुपमा लेखककाे आपबिती अर्थात् निजकाे आत्मकथा, जीवनी या भनाै लेखकले जीवनमा भाेगेका र व्यवहारमा उतारेका क्रियाकलापहरु सहितकाे भनाै या यस्तै लाग्ने, कतै दैनिकी जस्ताे लाग्ने, कतै समसामयिक घट्ना र आधुनिक समयका विकृति स्वरुप र मानवको बदलिँदो प्राकृतिक एवम् कृत्रिम स्वभावकाे जस्ताकाे त्यस्तै वर्णन रहेकाे, कतै संस्मरण त कतै नियात्राझै लाग्ने अत्यन्तै सरल र साेझाे भाषामा लेखिएको कथात्मक एवम् निजात्मक निवन्धसङ्ग्रह थियाे याे । अरु के लेखुँ सरल भाषामा लेखिएको याे किताब एक बसाईमा सकिन्छ जस्तो लाग्छ मलाई जाे यहाँहरु समक्ष अनुराेध गर्दछु , बाँकी किताबले आफै भनी हाल्नेछ । सामाजिक परिवेशकाे ऐना झै देखिने याे किताब पढ्नका लागि अनुराेध पनि गर्दछु, अन्ततः यस्तो मिठाे निवन्धसङ्ग्रह मेराे हातमा पारिदिनुहुने सहपाठी मित्र हरिप्रसाद बराल सहित यस किताबका लेखिका श्री रीता न्याैपाने पहारी ज्युलाई हार्दिक बधाई एवम् असीम शुभकामना व्यक्त गर्दछु ।




















