विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागारका गौरव ढुंगेलले बताएका छ।
उनका अनुसार लिम्बू अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले मागेको धरौटीबापतको १० हजार रूपैयाँ तिर्न नसकेपछि उनलाई गत साउन १४ गते कारागार चलान गरिएको थियो ।
प्रशासनको आदेश अनुसार मोरङ कारागार चलान गरिएका लिम्बूको मुद्दा विचाराधीन छ । आफूविरुद्धको मुद्दाको टुंगो लाग्न नपाउँदै उनको भने मृत्यु भएको छ ।




















