विराटनगर।बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतले सुनाएको मृत्युदण्डको फैसलाप्रति कडा असन्तुष्टि जनाएकि छन् । उक्त निर्णयलाई पक्षपातपूर्ण र राजनीतिक बदनियतले प्रेरित भन्दै आपत्ति प्रकट गरेकी हुन्। अदालतको आदेश सार्वजनिक केही बेरमै हसिनाका तर्फबाट पाँच पृष्ठ लामो वक्तव्य जारी गरिएको थियो। जसमा उनले अन्तरिम सरकार अवामी लीगलाई कमजोर पार्ने उद्देश्यसहित अघि बढेको आरोप लगाएकी हुन्।
वक्तव्यमा हसिनाले मृत्युदण्डलाई अवामी लीगलाई राजनीतिक रूपमा अवमूल्यन गर्ने प्रयास” भन्दै अस्वीकार गरेकी छन्। आफूविरुद्धको मुद्दा सुरुदेखिनै ‘तमासा’ थियो भन्दै उनले प्रमाणलाई निष्पक्ष परीक्षण गर्न सक्षम न्यायाधिकरणमा सामना गर्न आफू सदैव तयार रहेको दाबी गर्दै आएकी छन् ।




















