विराटनगर।सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शिशुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयले नवजात शिशुलाई फेला परेपछि इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई खबर गरेका थिए। सूचना प्राप्त लगत्तै कार्यालय प्रमुख दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

फेला परेका शिशुलाई स्थानीय एक महिलाले उपचारका लागि बराहक्षेत्र–६, चक्रघट्टिमा रहेको नगर अस्पतालमा लगिएको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार शिशु छोरा रहेकाे र आज बिहानै जन्मिएको हुन सक्ने अनुमान गरिएको छ।

अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको बताएका छन्।

यतिबेला प्रहरीले शिशु कसले र किन छाडेको हो भन्नेबारे आवश्यक अनुसन्धान थालिएको जनाएको छ।