विराटनगर ।वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। सुनसरी–इटहरी उपमहानगरपालिका–५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको भिसेउ, साटाओस्थित ट्राभेन्सेला क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा ज्यान गएको हो।
बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा घर फर्कँदै गरेका चौधरीलाई तीव्र गतिमा आएको कारले पछाडिबाट ठक्कर दिएको उनका साथी राजाराम श्रेष्ठले जानकारी दिए। ठक्करपछि चौधरी सडकमै अचेत अवस्थामा खसेका थिए।
घटनास्थलमा पुगेको प्रहरी र एम्बुलेन्ससहितको चिकित्सक टोलीले उनलाई तत्कालै घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ।




















