बेलबारी।मोरङ  बेलबारी क्षेत्रमा जंगली हात्तीका बथान देखा परेपछि स्थानीयवासीमा सतर्कता बढाइएको छ। बुधबारे सडकखण्डअन्तर्गत नक्सलबारी–सिरान जंगल नजिक रहेको कलभर्ट आसपासमा एकाबिहानै हात्तीका बथान देखिएका हुन्।

हात्ती बस्ती नजिकै पुगेपछि स्थानीय प्रशासनले सडक यातायात गर्ने तथा घाँस–दाउरा लिन जंगलपट्टि जाने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।