विराटनगर।मोरङ ,सामाजिक तथा धार्मिक क्षेत्रकी सक्रिय व्यक्तित्व ज्येष्ठ नागरिक श्री मञ्जु देवी पोखरेललाई अम्बे मुरारी सेवा केन्द्र परिवारले विशेष सम्मान गरेको छ।

मञ्जुदेवीले लामो समयदेखि सामाजिक, धार्मिक तथा सेवामूलक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। त्यसका साथै अम्बे मुरारी सेवा केन्द्रलाई आर्थिक सहयोगसमेत प्रदान गरेकी छन्।

अम्बे मुरारी सेवा केन्द्र परिवारका तर्फबाट पोखरेलप्रति सत्सत नमन तथा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।